spot_img

गोलबजारबाट ब्राउनसुगरसहित एक युवक पक्राउ, एक वर्षमा एक सय नौ मुद्दा

spot_img

 मुद्दासिरहाको गोलबजार नगपालिका ७ पुरानो चोहर्वाबाट प्रहरीले सुत्ने कोठामा सुकाएर राखेको कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स्थानीय करिब ३० वर्षीय रविन मुखियालाई  प्लाष्टिकसहित  एक ग्राम ८ सय ५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको सिरहा प्रहरीले जानकारी गराएकाे छ ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानका अनुसार लागुऔषधसहित पक्राउ गरिएका मुखियालाई बिहीबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको बताए ।

सिरहा प्रहरीले गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरीसहित मातहतका प्रहरी युनिटहरुबाट विभिन्न प्रकारका लागुआषधसहित नेपाली र भारतीय पुरुष महिला गरी एक सय ८० जनालाई पक्राउ गरी एक सय नौ वटा लागुऔषध सम्बन्धी मुद्दा चलाएको छ। प्रहरीको तथ्यांक अनुसार मुद्दा चलाइएकाहरुमा एक सय ६८ पुरुष र पाँच महिला नेपाली तथा छ पुरुष र एक महिला भारतीय छन् । ‘लागुऔषधसहित चलाइएको मुद्दा एक सय सात वटा फर्स्योट भई दुईवटा बाँकी छ’ प्रहरीको वार्षिक तथ्यांकमा उल्लेख छ ।

वार्षिक तथ्यांक अनुसार प्रहरीले उक्त अवधिमा एक हजार ३९ किलो ६ सय चार ग्राम २५२ मिलिग्राम गाँजा, एक किलो ५३५ ग्राम १३४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। प्रहरीले गोप्य सूचना, चेकजाँचको आरधारमा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिन लगायतका सिन्थेटिक लागुऔषध समेत बरामद गरी मुद्दा चलाइएको जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img