spot_img

जटिल रोगको शल्यक्रिया जिल्ला अस्पतालमै ताप्लेजुङवासीहरूलाई राहत

spot_img

ताप्लेजुङबाट केही जटिल रोगको शल्यक्रिया अन्यत्र सुविधा सम्पन्न जिल्लामा जानु  नपर्ने भएको छ । केही जटिल खालका रोगहरूको शल्यक्रियाहरू जिल्ला अस्पताल ताप्लेजुङमा सुरू भएपछि अन्य जिल्लामा जानु पर्ने झन्झट अन्त्य भएको छ ।

अस्पतालमा विशेषज्ञ डाक्टरहरू आएपछि साथै शल्यकृयाकोलागि आवश्यक उपकरणको व्यवस्था भएसगैं शल्यक्रिया सेवा सुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रनाम जयारूले बताए ।

डा. जयारू ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता प्राप्त र गत माघमा ताप्लेजुङ आएसँगै सोही महिनादेखि अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रिया सेवा सुरु भएको हो ।

डा.जयारू आएयता हालसम्म १३६ जनाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका प्रमुख समेत रहेका मे.सु.डा.जयारूले जानकारी दिए । आठ जनाको एपेन्डिक्स शल्यक्रिया गरिएको उनले जानकारी दिए । गत मंगललबार मात्रै ६ वर्षका एक बच्चाको हर्नियाको सफल शल्यक्रिया गरिएको डा. जयारूले बताए । अस्पतालमा शल्यक्रिया सेवाका लागि डा. जयारूको नेतृत्वमा एमडिजिपी डा. ताई अन्जुक लामासहितको टोली छ ।

अस्पतालमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिलसहित पाइल्स, फिस्टुला, बच्चाको हर्निया, बच्चाको लिङ्गसम्बन्धी सर्कम सिजन र हातको सबैखाले शल्यक्रिया हुन थालेको छ । सेवा सुरू भएको करिब पाँच महिनामा सबैभन्दा धेरै हात र बच्चाको हर्निया तथा हाइड्रोसिलसम्बन्धी शल्यक्रिया सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । शल्यक्रिया जिल्लाबाटै हुन थालेपछि ताप्लेजुङवासीलाई राहत पुगेको छ ।

मेसु डा. जयारूले आफू ताप्लेजुङ आएपछि केही अत्यावश्यक उपकरणको व्यवस्था मिलाएर शल्यक्रिया सेवा सुरू गरिएको बताए। चालु नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारबाट बजेटको व्यवस्था भएकाले उपकरणसहित आवश्यक व्यवस्थपन मिलाएर शल्यक्रिया सेवालाई थप सुधार र व्यवस्थित गर्ने योजना रहेको उनले जानकारी दिए  ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img