spot_img

कसले लगायाे कर्णालीका अर्थमन्त्री राजिव बिक्रम शाहमाथि आर्थिक हिनामिनाको आरोप ?

spot_img

काठमाडौँ,कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहमाथि आर्थिक हिनामिना गरेको गम्भीर आरोप लागेको छ । मन्त्री शाह जाेडिएकाे एथलेटिक्स सङ्घका ६ जना सदस्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शाहले संङ्घको अध्यक्ष भएको समयमा विभिन्न सुविधा लिँदै आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन् ।

शाहले १६ औँ एसियन क्रसकन्ट्री दौड प्रतियोगितामा आर्थिक हिनामिना गरेको ती सदस्यहरूको आरोप छ । एसियन एथलेटिक्स सङ्घबाट आएको १८ हजार अमेरिकी डलरलाई शाहले एकलौटी ढङ्गबाट खर्च गरेको समेत आरोप लगाइएको छ ।‘प्रतियोगितामा आफ्नो मनोमानी ढङ्गले खर्च भएको छ । शाहले डलर मै विदेशी भुक्तानी दिएर राजश्व छली पनि गरेका छन् । प्रतियोगितामा समावेश सामग्री पनि आफ्नै घरमा राख्नु भएको छ,’ सङ्घका महासचिव धनवीर चौधरीले भने ।

प्रतियोगितामा सहभागी ९० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूलाई अहिलेसम्म कुनै पनि तलब भुक्तानी नदिएको समेत शाहमाथि आरोप लगाइएको छ । विश्व एथलेटिक्सका संस्थापक अध्यक्ष आगरिक सजेर्य नेपाल भ्रमणमा आउँदा एथलेटिक्सका भूकम्प पीडितलाई दिने भनिएको ३ हजार पाउण्ड खर्च नगरी आफैँ राखेर हालसम्म शाहले खर्च विवरण सार्वजनिक नगरेको सङ्घका केन्द्रीय सदस्य दिपक रानाभाटले बताए ।

त्यस्तै बागमती प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्य सचिव तथा एथलेटिक्स सङ्घका सदस्य सूर्यलाल भण्डारीले २०७९ सालमा चितवनमा भएको जुनियर एथलेटिक्स प्रतियोगितामा पनि शाहले हिनामिना गरेको आरोप लगाएका छन् । प्रतियोगिता सञ्चालन गर्दा बागमती प्रदेश खेलकुद विकास परिषद् र माडी नगरपालिकाले सहयोग गरे पनि तत्कालीन अध्यक्ष शाहले एसियन र विश्व एथलेटिक्स सङ्घमा विदेशी सहायतामा प्रतियोगिता गरेको रिपोर्ट बझाएको सङ्घका सदस्य भण्डारीले बताए ।

आफूसँग शाहविरुद्ध लागेका सबै आरोपहरूको प्रमाण रहेको समेत भण्डारीले बताए । ‘उहाँ विरुद्ध लागेका सबै आरोपका प्रमाण हामीसँग छ । यदि उहाँले प्रतिवाद गरेर सबै झुटो भन्नुहुन्छ भने हामी प्रमाण देखाउन तयार छौँ’ भण्डारीले पत्रकार सम्मेलनमा भने ।

मन्त्री शाह हालै कर्णाली सार्वजानिक गरेकाे बजेटमा मनाेमानी गरेकाे शिक्षा,स्वास्थ्य र राेजगार बाइपास गरेर सयाैं मन्दीर र नेताका नाममा बजेट हालेपछि पनि उनी विवादमा छन्। प्रतिपक्ष देखि उनकै दलका नेताहरूले बजेटमाथी विमती जनाउँदै प्रदेशसभा नै अवरूद्द गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img