spot_img

महोत्तरीमा ठडिए दर्जनौ खानेपानी ट्यांकी , तर पिउने पानी छैन एक थोपा

spot_img

पछिल्लोसमय तराई मधेशका जिल्लाहरुमा वर्षा नभएर सुख्खा हुँदा सिंचाईदेखि पिउने पानीको समेत अभाव छ। पानी अभावकै कारण सर्वसाधारणले खेतमा धान बाली लगाउन सकेका छैनन् भने माछा पोखरीहरु सुकेर माछा पालक कृषकहरुले लाखौँको घाटा व्यहोरिरहेका छन्। विभिन्न पालिकाहरुले दैनिक रुपमा पानीको ट्यांकर बस्ती पठाएपछि त्यसैले स्थानीय प्यास मेटाइरहेका छन्।यता जिल्लामा रहेका नेपाल सरकारका विभिन्न तह तथा कार्यालयसँगै विभिन्न एनजिओ र आइएनजिओबाट जिल्लामा निर्माण भएका ओभरहेड ट्यांकीहरुबाट आम सर्वसाधारणले अपेक्षाकृत राहत पाउन सकेका छैनन्।

धनुषा र महोत्तरी गरि दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जलेश्वर डिभिजन नं.२ मातहतमा खानेपानीका योजना महोत्तरीमा मात्रै ४१ वटा छन् । तर संचालित योजनाहरुमध्ये अधिकांश संचालनमा छैनन्। ति ठडिएका ठुलाठुला पानीको ट्यांकीबाछ पानी आउँदैन। पानीकै लागि हाहाकारको अवस्था हुँदा सर्वसाधारणहरु ओभरहेड ट्यांकी संचालनको माग गर्दै आएका छन्।

पिपरा गाउपालिका वडा नं. ४ निवासी राजकिशोर पासवानले हाल बस्तीमा एउटा चापाकल संचालनमा रहेको बताउँदै सोहि चापाकलबाट सयाैँ उपभोक्ताले पानी पिउनु परेको बताउछन् । छेउमै ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि स्थानीयले सो ट्यांकीको पानी चाख्न नपाएको जानकारी गरकउँछन्।

सरकारको कमजोर कार्य संचालन प्रणालीले वर्षौँदेखि अधुरो अवस्थामै अधिकांश योजनाहरु हुँदा सोको उपभोग सर्वसाधारणले गर्न नपाएका हुन् । केहि योजनामा जग्गा उपलब्ध हुन सकेको छैन भने केहि योजना आंशिक रुपमा संचालनमा छ। केहि भने पाइप ओछ्याउन बाँकि,मिटर जडान गर्न बाकि,बोरिङ संचालन गर्न बाँकि,केहिमा बोरिङ सम्पन्न भई ट्यांकी निर्माण लगायतका कार्य बाँकि र केहि भने गार्ड घर बाहेक सवै निर्माण कार्य बाकि लगायतको अवस्थामा रहेको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख ई. संजिव कुमार साह भने सरकारको ठुला योजनाहरुमा बढी लागत लाग्ने भएपनि सरकारले योजना अनुसार रकम नपठाई प्रत्येक वर्ष थोरै थोरै बजेट दिदा एउटै योजना लामो समयसम्म अल्झने गरेको बताए।उनले काम अनुसार पैसा आए निकै पहिले धेरै योजनाहरु सम्पन्न भई सर्वसाधारणले सोबाट सेवा समेत लिन सक्ने भएपनि माग भन्दा पनि थोरै बजेट आउँदा योजनाहरु अलपत्र पर्ने गरेको बताए । तथापी केहि योजनाहरु पुर्ण रुपमा संचालनमा रहेको र केहि आंशिक संचालनमा रहेको उनले थपे।

यता महोत्तरीमै आठभन्दा बढी खानेपानीको ट्यांकी निर्माण सम्पन्न गरिसकेको रतौली युवा क्लवका प्रबन्ध निर्देशक वैद्यनाथ चौधरीले महोत्तरीकै माथिल्लो क्षेत्रमा निर्माण भएका प्राय सवै योजना संचालनमा रहेपनि तल्लो क्षेत्रमा भने संचालनमा विविध समस्या रहेको पनि बताए। उनले दुई तिन वर्ष पहिलेसम्म सहज रुपमै जमिन मुनिकै पानी चापाकल तथा मोटरहरुमा उपलब्ध हुने गरेकोमा जनताले तत्कालिन अवस्थामा ओभरहेड ट्यांकबाट धाराको कनेक्सन लिन चासो नलिएको, विभिन्न सडक निर्माणको क्रममा पाइपहरु तोडफोड भएको लगायतका विविध समस्याहरु रहेको बताउँछन् । उनले योजना संचालन गरेर छोडिएको ट्यांकीहरु उपभोक्ता कै चासो र सरकारकै निकायहरुले त्यसको अभिभावकत्व नलिदा संचालनमै आएको ओभरहेड ट्यांकीहरु समेत अहिले बन्द रहेको बताउछन्।

महोत्तरीको मनरा सिस्वा नगरपालिका,जलेश्वर नगरपालिका,मटिहानी नगरपालिका र पिपरा गाउँपालिका लगायतका अन्य स्थानीय तहहरुले सानो ट्यांकीमार्फत पानी वितरणलाई निरन्तरता दिएका छन्। पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पालिकाको विपद् व्यवस्थापन समितिको नियमित बैठकबाट समेत केहि ठोस निर्णयहरु गरेर जनताको समस्या तत्काल तथा दिर्घकालिन योजनाहरु मार्फत समाधानको प्रयास भइरहेको जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img