“ज्यानकाे माया नगरि दाउरा टिप्न जानेहरूलाइ राेक्न जरूरी”
डाेल्पा जिल्लामा अविरल वर्षापछि ठुलीभेरी नदीकाे बहाव बढ्दा डाेल्पा सदरमुकाम दुनै बजार उच्च जाेखिममा परेकाे छ। नदीकाे बहाव बढेसँगै दायाँबायाँ वाल नागेकाे छ,कति घर जाेखिममा छन्। यस्तै मंगलबार सदरमुकाम दुनै बजार नजिकै धुपिचौरस्थित टापुमा फसेका ४ जना युवालाई सकुशल उद्धार गरिएको छ।
जिल्ला स्थित नेपाल प्रहरी,शसस्त्र र नेपाल आर्मीकाे संयुक्त टिमले नदीको बिच टापुमा फसेका त्रिपुरासुन्दरी ६ का ३३ वर्षीय ललित बोहोरा,२६ वर्षीय नन्द प्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक रूक बहादुर खड्काले जानकारी दिए। उद्दार पश्चात उनीहरुलाई जिल्ला अस्पताल डोल्पा पठाइएको थियो। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार पश्चात उनीहरुलाई घर पठाइएको छ।
प्रमुख खड्काले थपे “अहिले नदी किनारमा उच्च सुरक्षा सतर्कता सहित जनचेतामुलक फैलाउने र दाउरा लिन नदि किनारमा जान राेक लगाइएकाे छ। सुरक्षाकर्मी पनि परिचालन गरिएकाे छ।”
जिल्ला प्रशासन कार्यालय अविरल वर्षा भैरहेकाेले नदी आसपास दाउरा संकलन वा अन्य कामका लागि नजान जोखिमपूर्ण हुने हुँदा सावधानी अपनाउन सबैलाई सुचना निकालेर अनुरोध समेत गरेको छ।


















