spot_img

बस दुर्घटनामा १५ जना घाइते

spot_img

 हेटौंडा , मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।शुक्रबार विहान करिब नौ बजेको समयमा धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख ३३४४ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार गरिएको थियो । गम्भिर घाइते सात जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । गम्भिर घाइते भएकाहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।घाइतेहरुको इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी छतिवनका प्रहरीले उद्धार गरेका थिए । दुर्घटना भएको स्थान मकवानपुर सदरमुकाम हेटौंडाबाट करिब २८ किलोमिटर पूर्वमा पर्दछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img