spot_img

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

spot_img

प्रधानमन्त्री केपी ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । माघ १६ गते (आज) सहिद दिवसको अवसर परेर प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारकमा आयोजित विशेष कार्यक्रमबीच सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर सहिदहरूको बलिदानको त्याग अतुलनीय भएको बताए । सहिदका योगदानसँग बाँचेका मानिसको कुनै पनि योगदान तुलना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताए । अहिले जुन उपलब्धि, सफलता र उचाइ प्राप्त भएको छ ती सबै कुराको पछाडि सहिदको बलिदानले काम गरेको पनि उनको भनाइ छ ।

सहिदहरू सबैका साझा भएकोले सहिदको बलिदानबाट प्राप्त भएका उपलब्धिहरूसमेत सबैको साझा भएको बताए । सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई सहिदका सपना पूरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताए ।सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताए । सहिद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत विभिन्न मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img