spot_img

भेरी करिडाेरकाे डाेल्पा सडकखण्ड र जुम्ला जाेड्ने सडकमा पर्ने “कालाे भिर”काे कथाःबल्लतल्ल फाेडेर ट्याक खाेलियाे तर बजेट अभावमा सडक भएन पूर्ण

spot_img

इमान्दार संवाददाता,डाेल्पा

“कालाे भिर” डाेल्पा जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका-९ मा पर्ने चुँ गाड खाेलामा भेरी करिडाेरकाे सडकखण्ड र जुम्ला जाेड्ने सडकमा पर्दछ। याे भिरकै कारण त्रिपुरासुन्दरी भित्रका गाउँवस्ती देखि नगरपालिकाकाे केन्द्र बगर र सदरमुकाम दुनै लगाएत अन्य तिरकाे सम्पर्क नै टुटे जस्ताे थियाे। अस्थायी मार्गका रूपमा खाेला तर्ने र पटक पटक कच्ची बनाएका पुल पनि खाेलाले बगाउने,कच्ची बाटाे निर्माणमा लाखाैं रकम खर्च हुने गरेकाे थियाे । आवतजावतमा निकै समस्याकाे साथै मुख्य गरी भेरी करिडाेर र डाेल्पा जुम्ला जाेड्ने सडक खण्ड भएकाेले यात्रुले निकै सास्ती खेप्नु परेकाे थियाे।

विशेषगरी नगरपालिकाकाे ९,१०,११ र ८ नम्वरका चुँ,लिकु,दापु,हुम,बंतडी र पहाडा क्षेत्र देखि सडक खण्डमा यात्रा गर्ने यात्रुहरूले याे सडक खण्डमा निकै सास्ती खेप्नु परेकाे थियाे। व्यापक जनगुनासाेलाइ मध्य नगर गर्दै समाजसेवी तथा निर्माण व्यवसायी विमाकर पहाडी “विमल”याे याे सडक खण्डकाे दिर्घकालिन समस्या समाधानका लागि “कालाे भिर” फुटाउने र सडक निर्माण गर्नका लागि प्रदेश देखि सिंहदरवारसम्म धाए।

“कालाे भिर” फाेड्न ब्लाष्टिङ गर्नुपर्ने बताए कतिले याे भिर फाेड्न असम्भव भने तर समाजसेवी पहाडीले हार नमानेर प्रदेश देखि संघ सरकारलाइ बजेटकाे लागि हार गुहार गरे। फलस्वरूप डाेल्पा जिल्लाबाट निर्वाचित सांसद धन बहादुर बुढा संघीय सरकारका शहरी बिकास मन्त्री भए। साेहि समयमा पहाडीकाे अनुराेधमा “कालाे भिर” फाेडेर सडक निर्माणका लागि बजेट हालिदिए ।

६५ लाख ५० हजार बजेट परेकाेमा संघन शहरी जुम्लाबाट बजेट कार्यान्वयन हुने र त्रिपुरासुन्दरी नगरपालिकाले सहजीकरण तथा हेर्ने गरी उपभाेक्ता समिति मार्फत काम भएकाे थियाे। भिर फाेड्न ब्रेकर चाइने भएपछि समितिले कामकाे जिम्मा पहाडीलाइ नै लगाए। ब्रेकर लगाएत कालाे भिर फाेडी छाने भने बजेट अनुसारकाे क्वान्टीटी पनि काम गरेकाे निर्माण व्यवसायी पहाडीले जानकारी दिए। बजेट अपुगका कारण अझै ५० मिटर जति सडक खन्ने काम बाँकी रहेकाे उनकाे भनाइ छ। बजेट व्यवस्था भए बाटाे तत्काल खाेल्न सकिने छ र बाटाेले पूर्णता पाउँनेछ। भने यात्रुहरूलाइ समेत सहज हुनेछ।

लामाे समय देखिकाे पहल गर्दा बजेट हाल्दीने तत्कालिन संघीय सरकारका शहरी बिकास मन्त्री धन बहादुर बुढा,काममा सहजि करण गर्ने त्रिपुरासुन्दरीका नगर प्रमुख जनचन्द्र राेकाय,समुदायसँग समन्वय र कार्यन्वयनमा महन्वपूर्ण भुमिका खेल्ने वडा नम्वर ९ का अध्यक्ष राजु बुढा लगाएत जनसमुदाय सबै सबै धन्यवादकाे पात्र भएकाे पहाडीकाे भनाइ छ।

“कालाे भिर” फाेडेर सडक खाेल्ने काम सम्पन्न भएकाे र सडकलाइ पूर्ण बनाउन थप बजेट व्यवस्था भए स्थानीय मात्रै नभएर भेरी करिडाेरकाे सडकखण्ड र जुम्ला जाेड्ने सडक भएर यात्रा गर्ने यात्रुलाइ पनि सहज हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img