जनकपुर , छोरीलाई करणी गरेको अभियोगमा जनकपुरबाट एक जना पक्राउ परेका छन् । छोरीलाई जर्वस्जती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित जबमुडाँडामा बस्दै आएका ४५ वर्षीय भोला यादव रहेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । आरोपित भोला यादव छोरीको सौतेला बुवा हुन् ।
मंगलबार आरोपित यादवले छोरीकी आमालाई फोन गरी कोठामा गएर छोरीको हालत देखिस् भनेर भनेपछि कोठामा गएर हेर्दा आफ्नो छोरीको घाउचोट लागेको र अचेत अवस्थामा फेला परेको भनेर बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा निवेदन दिएकी थिइन् ।युवतीकी आमाले भोला यादवले छोरीलाई जबर्जस्ती करणी पश्चात कुटपिट गरी घाइते बनाई भागेको हुँदा पक्राउ गरि कानून बमोजिम कारवाही गर्न महानगरीय प्रहरी वृतमा उजुरी दिएकी थिइन् ।
वृतको पत्र अनुसार खोजतलास गर्दा आज प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट नियन्त्रण लिई महानगरीय प्रहरी वृत बौद्ध काठमाडाँै पठाइएको प्रवक्ता मिश्रले बताए ।हाल राष्ट्रिय ट्रामा सेन्टर काठमाडौँमा युवतीको उपचार भइरहेको जनाइएको छ ।