spot_img

झलनाथले पार्टी नीति विपरीत बोले, बिदा भए हुन्छ : अध्यक्ष माधवकुमार नेपाल

spot_img

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् । खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने नेपालको भनाइ छ ।

शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको जानकारी दीए ।

‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने । खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत जानकारी गराए।

अर्को प्रसंगमा नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकाले त्यो व्यक्तिगत निर्णयअनुसार नै हुने धारणा राखे । नेपालले शेरबहादुर देउवा र केपी शर्मा ओली एकठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img