spot_img

वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध

spot_img

वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ ।आइतबार बिहान करिब ९ः४५ बजे सडकमाथिबाट आएको पहिरोले सडक पुरिँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा यातायातका साधन बिचबाटोमा अलपत्र परेका छन् । साना सवारीसाधन वैकल्पिक बाटोमार्फत गन्तव्यमा लागे पनि ठुला सवारीसाधन भने बिचबाटोमा नै अलपत्र रहेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

यस्तै, सल्यानबाट प्रदेश राजधानी सुर्खेत तथा दाङ जोड्ने लुहाम काभ्रा कालीमाटी सुर्खेत सडक पहिरोका कारण अवरुद्ध बनेको छ । कालीमाटी गाउँपालिका– १ को दलपुरे भन्ने स्थानमा ठुलो पहिरो झरिरहेको र आइतबार बिहानैदेखि सडक पूर्ण रूपमा बन्द रहेको कालीमाटी– १ का वडाध्यक्ष रविलाल बस्नेतले जानकारी गराए ।

काभ्रा–कालीमाटी सडकमा आवतजावत गर्न निकै जोखिमपूर्ण भएकाले यसबारे सम्बन्धित प्रहरी युनिटमा जानकारी गराइसकिएको वडाध्यक्ष बस्नेतको भनाइ रहेको छ । त्रिवेणी गाउँपालिकास्थित लुहामबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा पश्चिम दाङ आउजाउ गर्नका लागि यो छोटो दूरीको सडक हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img