spot_img

एसियाबाट लिगको नयाँ सिजन तयारी गर्दै आर्सनल

spot_img

इंग्लिस प्रिमियरसिप लिगको नयाँ सिजन २०२५÷२६ सिजन हुनुअघि सबै क्लबले तयारी गर्छन् । उनीहरूले यसलाई प्रिसिजन तयारी भन्छन् । धेरैजसो इंग्लिस क्लबहरूले एसियाको भ्रमण गरी तयारी गर्छन् । यहाँ स्थानीयदेखि राष्ट्रियस्तरका टोलीसँग प्रतिस्पर्धा गरी इंग्लिस क्लबले आफ्नो कमीकमजोरी सुधार गर्छन् । यसैक्रममा आर्सनलले पनि प्रिसिजनको तयारी एसियामा गरेको छ । सन् २०२० पछि पहिलोपटक उपाधि जित्ने लक्ष्य राखेको आर्सनलले नयाँ सिजनका लागि खेलाडी भित्र्याउन राम्रो खर्च गरेको छ ।

हालै क्लबमा अनुबन्ध भएका नयाँ खेलाडीले एसिया भ्रमणमा गतिलो प्रदर्शन गरेका छन् । आर्सनलले हङकङ र सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो । यी दुवै राष्ट्रका माथिल्लो टोलीसँगको प्रतिस्पर्धाबाट आर्सनलका प्रशिक्षक मर्केल अटेटा खुसी छन् । अब केही दिनपछि लन्डन फर्केर थप तयारीमा थाल्ने उनले जनाए ।

‘समग्रमा सिंगापुर र हङकङको यात्रा फलदायी भएको छ । हामीले केही गल्ती सच्याउने मौका पायौँ ’ अर्टेटाले भने ‘अब स्पेनमा जान्छौँ त्यसपछि फेरि एसियामा आएर खेल्ने योजना बनाएका छौँ ।’ गत वर्ष आर्सनललाई ठुलो समस्या भनेको प्रमुख खेलाडी घाइते हुनु थियो । यसपटक नयाँ सिजन सुरु हुनु धेरै ब्रेक समय पाएका कारण खेलाडीलाई फिट हुने अवसर प्राप्त भएको उनको भनाइ छ ।

‘गत सिजनको सुरुवातमा आर्सनलको टोली हेरौँ भने धेरै जसो खेलाडी घाइते भएका थिए । जसले हामीलाई केही समस्या राखेको थियो ’ प्रशिक्षक अर्टेटाले भने, ‘यसपालि ब्रेक समय पनि धेरै भयो । खेलाडी चोटबाट मुक्त पनि भए ।’ प्रिमियर लिगको सिजन ब्रेकमा खेलाडीहरूले आफूलाई उपाधि जित्न मानसिक रूपमा तयार गर्न अवसर पाएको उनको भनाइ छ ।

‘पछिल्लो सिजनमा थोरै अंकले हामी उपाधिविमुख भएका थियौँ । खेलाडीहरूले त्यही मनमा लिएका थिए । अहिले ब्रेकको समयमा उनीहरूले आफूलाई फ्रेस बनाएका छन् । पुराना कुरा बिर्सिएर नयाँ अध्याय सुरु गर्न चाहन्छन्,’ प्रशिक्षक अर्टेटाले भने, ‘अहिले आर्सनल पूरै फुलफेजमा प्रतिस्पर्धा गर्न तयार छ ।

एसिया भ्रमणमा निस्कनुअगाडि आर्सनल खेलाडी भित्र्याउन व्यस्त थियो । प्रशिक्षक अर्टेटाले यूवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर ६ नयाँ खेलाडी आर्सनल भित्र्याएका छन् । प्रिसिजनमा उपलब्ध नभएका नयाँ खेलाडीमध्ये नोनी माडुके थिए । आर्सनलमा आउनुअघि उनी चेल्सीमा थिए । चेल्सी क्लब फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी भइरहेको थियो । विश्वकपपछि मात्र उनी आर्सनलमा आबद्ध भएका हुन् । आर्सनलका स्पोर्टिङ निर्देशक एन्ड्रेस वेर्टाले नयाँ सिजनअगाडि राम्रा खेलाडीसँगको अनुबन्धले एसिया भ्रमण राम्रो भएको बताएका छन् । ‘हामीले सबै मापदण्ड पूरा गरी खेलाडी ल्याएका छौँ । यसको प्रभाव एसिया भ्रमणमा देखियो,’ उनले भने, ‘यसपालि आर्सनलको खेल माथिल्लो लेभलको हुनेछ ।’ आर्सनलले इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी माडुके भित्र्याउन ४८.५ मिलियन पाउन्ड खर्च गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img