spot_img

सरकार भएकाे फाइदा उठाउँदै एमालेका विचाैलीयाकाे हालिमुहालीःमन्त्री गुप्ताको घुसकाण्डका ‘बिचौलिया’ सुजन लामा एमालेबाट निलम्बित अन्य काह्रवाही भएन,अर्का कर्मचारी पनि काह्रवाहीमा

spot_img

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई निलम्बन गरेको छ । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।

लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटी सचिव दवाडीले बताए । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको उनको भनाइ छ ।

अर्का कर्मचारीलाइ पनि काह्रवाही

२५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका पोखरा महानगरपालिकाका एक कर्मचारीलाई नेकपा एमालेले पार्टी सदस्यता निलम्बनको कारबाही गरेको छ  ।एमालेको प्रदेश कमिटी बैठकले अधिकृतस्तरका कर्मचारी कपिल गिरीलाई कारबाही गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

कपिलले ‘के गिरी’ नाम राखेर एमालेको सदस्यता लिएका थिए । हाल उनी पार्टीको प्रदेशको उद्योग तथा वाणिज्य विभाग सदस्य छन् । निजामती कर्मचारीले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था भए पनि उनले छद्य नाम राखेर सदस्यता लिएको पाइएपछि पार्टीले उनीमाथि कारबाही गरेको हो ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘फेक’ उजुरी बनाएर आफ्नै कार्यालयका कर्मचारीसँग घुस लिएका थिए । आयोगले उनलाई गत चैत ७ गते रंगेहात पक्राउ गरेको थियो । यस्तै संघका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री (हाल राजीनामा) राजकुमार गुप्तासँग मिलेर पोखराको लिचीबगैंचा हत्याउन दलाली गरेका अर्का पार्टी सदस्य सुजन लामालाई पनि एमालेले कारबाही गरेको छ ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए ।

‘लामाजीसँग जोडिएको घटनाले मन्त्रीसम्म पनि असर गरेको छ । उहाँ (सुजन) हाम्रो सल्लाहकार सदस्य हो,’ एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले भने, ‘सार्वजनिक रूपमा मिडियामा नै कुरा उठेपछि सोधपुछ भएको थियो । गल्ती कमजोरी छ भने कसैको पनि एसेप्ट गर्दैनौँ । त्यो देखाउन जिम्मेवारीबाट हटाइएको हो ।’

अख्तियारमै विचाराधीन विषय भएकोले टुंगो नलाग्दासम्म दुवैको कारबाही यथावत् रहने उनले सुनाए । ‘सफाइ पाउनुभयो भने निरन्तरता हुन्छ । केसमा रहँदासम्म उहाँहरू पार्टीको जिम्मेवारीमा रहनुहुन्न,’ शर्माले भने ।

शनिबार र आइतबार पोखरामा सम्पन्न प्रदेश कमिटीको बैठकले पार्टीको वार्षिक बजेट निर्माण गरेको छ भने गत वर्षको समीक्षा गरिएको शर्माले जानकारी दिए । एमालेले प्रदेश कमिटी भवन निर्माणका लागि बुढीबजारमा जग्गा खरिद गरेको छ । यो वर्ष भवन निर्माण गर्न सहयोग जुटाउने निर्णय गरिएको उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img