spot_img

स्वाभिमान र राष्ट्रियतामा आँच आउने काममा असहयोग गरेको होः भीम रावल

spot_img

नेपालमा संयुक्त सैन्य अभ्यास गर्नेदेखि विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर मुलुकको स्वाभिमान र राष्ट्रियतामा आँच आउन दिनेलगायत काममा सरकारलाई असहयोग गरेको भनाइ।दाहाल–नेपाल नेतृत्वको नेकपा आधिकारीक भएको दावी।पूरा पढ्नुहोस्काठमाडौं। नेकपा प्रचण्ड समूहको नेता भीम रावलले नेपालमा संयुक्त सैन्य अभ्यास गर्नेदेखि विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर मुलुकको स्वाभिमान र राष्ट्रियतामा आँच आउन दिनेलगायत काममा सरकारलाई असहयोग गरेको बताएका छन्।

कृषि लगायत क्षेत्रमा विदेशी कम्पनीलाई भित्र्याएर मुलुकमा बेरोजगार उत्पादन गर्न चालेको कदमप्रति पनि सरकारलाई असहयोग गरेको बताए।कैलालीको धनगढीमा प्रचण्ड समूहको नेपाल समूहले आयोजना गरेको जनसभालाई आज सम्बोधन गर्दै उनले सरकारलाई समृद्ध मुलुक बनाउने अभियानमा भने सहयोग नगरेको बताए।यस्तै उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई कुल्चेको, लोकतन्त्रमाथि गम्भीर आघात गरेकोदेखि जनमतलाई अपमान गरेको आरोप लगाए।“प्रधानमन्त्री ओली मलाई पाँच वर्ष सरकार चलाउन जनताले मत दिएको भन्न थाक्नु भएन”, नेता रावलले भने, “तर, उहाँले प्रतिनिधिसभा विघटन गरेर जनताको मतको अपमान गरे, संविधान कुल्चे र लोकतन्त्रलाई खतरामा पारे।”

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img