spot_img

डाेल्पाका गाउँगाउँमा देवता तीर्थ यात्रामा:जिल्लाका ५ चर्चीत तीर्थस्थलहरू,प्रचारप्रसारको अभावमा ओझेलमा (फाेटाेफिचर हेर्नुहाेस्)

spot_img

रुपक यात्री,डोल्पा

साविककाे कर्णाली अञ्चलमा पर्ने जिल्लाहरूमा साउन पूर्णीमा भव्यरूपमा मनाउने चलन छ। कुल देवतालाइ तीर्थ लग्ने चलन डाेल्पामा पनि रहि आएकाे छ। याे वर्ष केहि ढिला भदाैँमा तीर्थ जाने परेकाेले डाेल्पाका स्थानीयहरू कुल देवता लगेर तिर्थ जाने गरेका छन्। पवित्र तिर्थस्थलले भरिभराउ डाेल्पामा देवताले भने अनुसारकाे ठाउँमा तिर्थ जाने गर्छन्। तस्वीरमा डाेल्पाकाे त्रिपुरासुन्दरी १ का स्थानीय कुलाल समुदायका वासीन्दा कुल देवतालाइ तिर्थ लग्दै।

डाेल्पा जिल्लामा रहेका चर्चीत पवित्र धार्मीक  तीर्थ स्थलहरूकाे चर्चा।

१.भगवान वेदव्यासले तपस्या गरेकाे मान्यता रहदैँ आएकाे डाेल्पाकाे ब्यासऋखि तिर्थस्थलमा स्थानीय तिर्थयात्रीकाे घुँइचाे नै लाग्ने गरेकाे छ । विशेष गरी जिल्ला देखि अन्य जिल्लाबाट समेत तिर्थालुहरू साउनकाे महिनामा ब्यासऋखिमा तिर्थ जाने गर्दछन् । करिव ३ हजार मिटरकाे उचाइमा रहेकाे पवित्र यस तिर्थस्थलमा भगवान वेदव्यासले तपस्था गरेकाे भुमी अर्थात ऋषिहरूकाे तपाेभुमी समेत भएकाे पुरानाे धार्मीक मान्यता रहदैँ आएकाे छ ।

धार्मिकस्थल व्यासऋखिमा पनि मन्दीर,धर्मशाला र १ सय ८ धारा निर्माण गरिएको छ । याे डाेल्पाकाे काइके गाउँपालिकाकाे वडा नम्वर ६ र ७ मा पर्ने गरेकाे छ । भगवान वेदव्यासले तपस्या गरेको भुमि भएकाले व्यासऋषि अर्थात ऋषिहरूको तपोभुमि भन्ने किम्बदंन्ति रहेको काइके गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । वर्षेनि सयौँ तीर्थयात्रीहरू व्यासऋषिमा मनोकामना पुरा हुने विश्वासका साथ दर्शनकै लागि आउँने गर्छन् ।

पर्यटनको प्रचुर सम्भावना बोकेको चर्चित तीर्थस्थलको स्तररोन्नतिमा प्रदेश सरकारले विशेष सहयोग गरेको अध्यक्ष रोकायाले बताए । प्रदेश सरकारको उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयको ८० लाख बजेट सहयोगमा र संघको २० लाख सहयोगमा मन्दीर निर्माण गरिएको छ,१ सय ८ धारा समेत निर्माण भएका छन् भने धर्मशाला समेत निर्माण गरिएको वडा नम्वर ७ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । पदमार्ग निर्माणका लागि विशेष पहल भइरहेको उनको भनाइ छ ।

प्रचार प्रसारकाे अभावमा ओझेलमा

एेतिहासीक धार्मीकस्थल व्यासऋखिमा स्थानीय स्तरका तीर्थालुहरूकाे घुँइचाे नै लाग्ने गरेकाे भए पनि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भने प्रचार प्रसारकाे अभाव देखिएकाे छ । पवित्र धार्मीक स्थलकाे प्रचार प्रसार गर्न सके जिल्लाकै नमुना पर्यटकिय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। यहि क्षेत्रमा पर्ने ब्यासगाड पनि चर्चित र पवित्र तिर्थस्थलका रूपमा परिचित छ।

२.मुकुटेश्वर तीर्थस्थल
प्रत्येक बर्ष साउन पुर्णिमाको अवसर पारेर डोल्पा,जाजरकोट,जुम्ला लगायतका जिल्लाका प्रशिद्ध देवी देवताका पुजारी तथा भक्तजनहरु समेत तिर्थयात्राका लागि अाउँने गर्दछन्। मुकुटेश्व क्षेत्र तथा महाराज दरबार क्षेत्रको महत्व धेरै भए पनि सरकारले विकास तथा प्रचार प्रचारमा ध्यान नदिँदा बर्षौ देखि ओझेलमा परेको स्थानीयले दुखेसो पोखे । यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा बिकासगर्नु पर्ने स्थानीयको भनाई छ । त्रिपुराकोट बजारबाट दुई दिनको पैदल यात्रा पछि मुकुकेश्वर र महाराज स्थान दरवार क्षेत्रमा पुग्न सकिन्छ ।

३.जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला ताल लगाएतका क्षेत्र पनि पवित्र तिर्थस्थलका रूपमा परिचित छन्।गाउँपालिका भरीका स्थानीय देविदेउता लगेर तिर्थ जाने चलन रहेकाे छ।

४.मुड्केचुला गाउँपालिका भित्र पर्ने चर्चित र पवित्र तिर्थस्थल गाउँपालिका भरीका स्थानीय देविदेउता लगेर तिर्थ जाने चलन रहेकाे छ।

 

५. ठुलीभेरी नगरपालिकाकाे रूपपाटन क्षेत्रमा पर्ने सुनदह, साइक्वारी,पाेकेपानी,लावर,सिनारांशी,जैरीदह लगाएतका तिर्थस्थलमा पनि ठुलीभेरी नगरपालिका वडा नम्वर ५,६ लगाएत जिल्लाभरका स्थानीय तीर्थ जाने गर्दछन्।

फाइल तस्वीरहरु

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img