spot_img

पश्चिम तराईमा बिहानैदेखि शीतलहर

spot_img

बर्दियारपरासी — बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि पश्चिम तराईका जिल्लामा जनजीवन प्रभावित भएको छ । आइतबार बिहानैदेखि हुस्ससँगै शीत पर्न थालेको हो ।बाक्लो हुस्सु छिचोल्दै बर्दियामा आइतबार दिउँसो गुडेको गाडी । तस्बिर ः कमल पन्थीबर्दियामा माघयता शनिबार सामान्य घाम लागे पनि आइतबार फेरि जाडो बढेको छ । बाक्लो हुस्सुले सवारीसाधन मध्य दिउँसो पनि बत्ती बालेर गुडिरहेका छन् । भिजिबिलिटी २५ मिटर पनि नहुँदा सवारीसाधन निकै कम गुडेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटना नहोस् भनेर सचेतना जारी राखिएको जिल्ला ट्राफिक प्रमुख लोकेन्द्र मल्लले बताए ।

शीतलहर र बाक्लो हुस्सुले भित्री सडक सुनसानजस्तै भएको छ । स्थानीय प्रशासन जिल्लाबासीलाई शीतलहरबाट जोगाउन आवश्यक तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।पश्चिम नवलपरासीमा पनि जाडो बढेको छ । यहाँ तीन–चार दिनयता दिउँसोको समयमा पनि बाक्लो हुस्सु लाग्दै आएको छ । बजार तथा पसलमा पहिलेजस्तो भीडभाड छैन । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्किएका छैनन् । पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीले दिउँसोको समयमा पनि बत्ती बाल्नुपर्ने अवस्था छ ।

हुस्सुले नजिकैको सवारी पनि नदेखिने भएकाले दिउँसो पनि बत्ती बाल्नुपरेको सवारी चालक भीम तामाङले बताए । ‘चिसोले हात कठ्यांग्रिन्छ । त्यसमाथि हुस्सुले एक सय मिटर अगाडि पनि देखिँदैन,’ तामाङले भने, ‘माघ १५ गतेपछि घाम लाग्नुपर्ने हो । तर यस वर्ष जाडो र हुस्सु झन् बढेको छ ।’चिसोले दैनिक ज्यालादारी गरेर खाने मजदुर, विद्यार्थी र वृद्धवृद्धा बढी प्रभावित छन् । आइतबार बिहान यहाँ ८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । जाडो बढेपछि सरावल गाउँपालिकाले तीन दिनका लागि सबै शैक्षिक सस्था बन्द गरेको छ । बालबालिकालाई चिसोले प्रभावित पार्ने भएकाले बिदा दिइएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img