spot_img

त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसले सुरु गर्‍यो ‘गभर्नेन्स ल्याब’

spot_img

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनप्रशासन क्याम्पसले गभर्नेन्स ल्याब शासकीय प्रयोगशाला को अभ्यास सुरु गरेको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई निजामती सेवा प्रवेशमा सहजीकरण र प्रेरित गर्ने उद्देश्यले आफ्नो ४९ औँ स्थापना दिवसका सन्दर्भमा क्याम्पसले गभर्नेन्स ल्याबको प्रारम्भ गरेको हो ।

ल्याबको पहिलो सेसनमा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ विषयक छलफल गरेको छ। कार्यक्रममा सहप्राध्यापक डा.नरेन्द्रराज पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि नेपाल सरकारका सचिव भरतमणि सुवेदी, पूर्वसचिव प्रतापकुमार पाठक, जनप्रशासन क्याम्पसका उपप्राध्यापक डा. मुकेश कुमार बास्तोला, सञ्जय घिमिरे, डा. सुर्य अधिकारी लगायतले टिप्पणी गरेका थिए।

छलफलमा उठेका सवाल र निष्कर्षहरूसहितको संक्षिप्त नीति पत्र क्याम्पसले प्रकाशनमा ल्याउने क्याम्पस प्रमुख सुवास शर्माले जानकारी दिए । सार्वजनिक नीतिको परीक्षण गरी नेपाल सरकारलाई सुझाव दिने बृहत् उद्देश्यसहित क्याम्पसले गभर्नेन्स ल्याबको अवधारण अघि सार्दै अभ्यास गर्न थालेको क्याम्पस प्रमुख शर्माले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img