spot_img

कमला अधिकारीको ’मुना’ गीत सार्वजनिक

spot_img

गायिका कमला अधिकारीको स्वरमा समसामयिक सामाजिक यथार्थतामा आधारित नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।’मुना’ बोलको यो गीत युट्युब च्यानल जोजस क्रियशन प्रा.लि. बाट शनिबार सार्वजनिक भएको हो। गीतमा कमला अधिकारीकै शब्द तथा लय छ।गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडिओमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन्।

दुर्गम गाउँमा हुर्किएकी छोरी, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडिओमार्फत रोचक ढंगले प्रस्तुत गरिएको छ।स्याङ्जामा शिक्षण पेसामा आवद्ध कमला अधिकारी गायनसँगै लेखनमा पनि सक्रिय छन्। उनको यस गीति कथामा आधारित पुस्तक ’मुना’ पनि छिट्टै बजारमा आउँदैछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img