spot_img

रवि विरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै हालसम्म ३२ लाख हस्ताक्षर, झन्डै ६३ लाख चन्दा उठ्यो

spot_img

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेको रास्वपाले जानकारी दिएको छ।

रास्वपाले लामिछानेले कारागारबाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै रुपन्देही जिल्ला अदालतलाई दिएको निवेदनमा साउन २३ सम्म ३२ लाख ६ हजार ६ सय आठले रविको पक्षमा हस्ताक्षर गरिएको उल्लेख छ।

त्यस्तै, हस्ताक्षर अभियानका क्रममा ६२ लाख १६ हजार ६ सय ६९ रुपैयाँ संकलन भएको पनि रास्वपाले जानकारी दिएको छ। असार ७ बाट रविबिरुद् राज्यको तहबाट राजनीतिक प्रतिशोध साधिएको भन्दै हस्ताक्षर अभियान सुरु भएको थियो।

संगठित सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका छन्।

लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले राजनीतिकर्मी, कलाकार र जनताको हस्ताक्षर संकलन गर्दै आएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img