spot_img

आज देशका यी स्थानमा भारी वर्षा हुने

spot_img

काठमाडौं,मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले मधेस, कोशी, लुम्बिनी लगायत प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा धनुषाको तुलसीमा १०३.२, सर्लाहीको परवानीपुरमा ८१.२, सिन्धुपाल्चोकको मानेखर्कमा ८८, कैलालीको एक स्थानमा ८६.२ मिलिमिटर वर्षा भएको थियो।

आइतबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आइतबार राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img