spot_img

तामाङ चलचित्र संघ नेपालको ८ औं अधिवेशन सम्पन्नःअध्यक्षमा विनयक तामाङ र महासचिवमा बुद्ध तामाङ सहित २९ जनाकाे कार्यसमिति सर्वसम्बत चयन

spot_img

तामाङ चलचित्र संघ नेपालको १६ औं साधारण सभा तथा ८ औं अधिवेशन अध्यक्षमा विनयक तामाङ र महासचिवमा बुद्ध तामाङ सहित २९ जनाकाे कार्यसमिति सर्वसम्बत चयन गर्दै सम्पन्न भएकाे छ। शनिबार काठमाडौँकाे बाैंद्द स्थित सेकुवा जक्सनमा भएको कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा अमर लामा, महिला उपाध्यक्षमा सुनिता लुङबा,उपाध्यक्षमा जोगलाल लामा, उतर लामा (संगुल) , महासचिवमा बुद्ध तामाङ,सचिवमा सुनिता दोङ,कोषाध्यक्षमा राम सिं तामाङ ,सह कोषाध्यक्षमा मनिका सिङ्तान सहित २९ जनाकाे कार्यसमिति सर्वसम्बत चयन भएकाे महासचिवमा बुद्ध तामाङले जानकारी दिए।

संघले स्थापना काल देखिनै तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यावसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवद्र्धन लगाएतका क्रियाशील गर्दै आएकाे छ।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेस लामाले उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै लामाले तामाङ भाषा,संस्कृतिको प्रवद्र्धनका साथै पहिचानको पुर्नस्थापना र एकताका लागि चलचित्रकर्मीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रमका अन्य अतिथिहरुले तामाङ भाषा,संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तामाङ चलचित्र,कलाकारले आजसम्म गरेको कामको समिक्षा भविष्यमा गर्नुपर्ने जिम्मेवारी लगाएतका विषयमा चर्चा गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img