spot_img

नवलपरासीको बर्दघाट नगरमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई दुर्घटना राहत कोष

spot_img

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालय तहका विद्यार्थीहरुका लागि दुर्घटना राहत कोष स्थापना गरेको छ । नगरमा संचालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मध्यनजर गर्दै विद्यार्थी राहत कोष स्थापना गरिएको हो ।

विद्यालय समयमा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेमा, दुर्घटनामा परेमा नगरले निःशुल्क उपचार गरिदिने छ । विद्यालयको सिफारिसको आधारमा बढीमा एक लाखसम्मको उपचार र सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले  जानकारी दिए।

साथै नगर भित्रका अति विपन्न, ज्येष्ठ नागरिकलाई नगरभित्र रहेका दुईवटा अस्पतालमा स्वास्थ परीक्षण र प्रयोगशाला परीक्षण पनि निःशुल्क गरेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को बजेटमा विद्यार्थी राहत कोषका लागि १० लाख र विपन्न उपचार कोषका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले बताएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img