spot_img

पशुपति क्षेत्रमा प्रहरीको सर्च अपरेशनः४० जना भन्दा बढी पक्राउ

spot_img

काठमाडौंको पशुपति क्षेत्रमा प्रहरीले अपरेशन सञ्चालन गरी ४० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। अन्तिम साउने सोमबारलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई दुःख दिन सक्ने आशंका गरिएका ४० जना भन्दा बढी व्यक्तिहरूलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले आइतबार साढे ५ बजेसम्म ४२ जनालाई नियन्त्रणमा लिइएको छ। ‘अहिलेसम्म ४२ जनालाई नियन्त्रणमा लिएका छौं,थपिन सक्छन्। दर्शन गर्न आउनेहरूको पाकेटमारी हुनसक्ने र त्यस्ता आपराधिक गतिविधिमा संलग्न हुनसक्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने।

नियन्त्रणमा लिइने व्यक्तिहरू अझै थपिन सक्ने उनले बताए। पशुपति क्षेत्रमा धेरै भीड लाग्ने बेलामा पाकेटमारीका घटना बढी हुने गरेको प्रहरीको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img