लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको दाबी गरेका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेशको पाँचौँ पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मार्फत जनस्तरमा पुर्याउनुपर्ने जोड दिए ।
‘एक वर्षको अवधिमा सुशासन प्रवआफ्नो नेतृत्वको प्रदेश सरकारले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर त्यसकै आधारमा सुशासन प्रवद्र्धनका कामहरू गरिरहेको जानकारी दिएका हुन् ।
बैठकमा एक वर्षे उपलब्धिको विवरण सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामहरूलाई पार्टी पङ्क्तिद्र्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएका छौँ । पूर्व विशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पुर्याएका छौँ’, आचार्यले भने, ‘एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पुर्याउन सफल भएका छौँ । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण कालोपत्रे सडक नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।
सरकारका कामकारबाहीबाट गाउँ र सहर जोडिन पुगेको, किसानले सिँचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।