spot_img

बागमती नगरपालिकाका मेयर थापालाई आठ वर्ष कैद र दश करोड जरीवानाको फैसला

spot_img

काठमाडाैँ, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँको फैसला सुनाइएको छ ।विशेष अदालतले हिजो थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहरसहित सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरेर हिजो सजाय निर्धारण गरेको हो ।प्रतिवादीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

विशेष अदालतले यसअघि मेयर थापालाई गैरकानूनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरीवाना हुने फैसला सुनाएको थियो ।उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाइसकेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img