राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागार ल्याइएका छन्। सभापति लामिछानेलाई शुक्रबार नख्खु कारागार सार्ने निर्णय भएको थियो। त्यहीअनुसार शनिबार अपराह्न उनलाई बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याएको हो।
उनलाई नख्खु स्थानान्तरण गर्ने खबर पाएपछि शनिबार पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा भैरहवा पुगेका थिए। तर कारागार प्रशासनले भेट्न नदिएको प्रवक्ता मनिष झाले बताएका छन्। ‘एकछिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो,’ झाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।आफूहरूले विमानस्थलमा एकछिन भेट्न दिन त्यहाँस्थित प्रहरी प्रशासनलाई अनुरोध गरेको उनले बताएका छन्।
निकै अनुरोध गरेपश्चात् आफू र पार्टी उपसभापति वाग्लेलाई विमानस्थल प्रतिक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिएको उनले बताएका छन्। त्यस क्रममा आफूले पार्टी सभापतिलाई कति दिन भैरहवा बस्नु भयो भनेर सोधेको उनले बताएका छन्।जवाफमा सभापति लामिछानेले १२६ दिन बसेको बताएको उनले उनले उल्लेख गरेका छन्।
‘काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छ? उहाँले भन्नुभयो, पूरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै उनले लेखेका छन् ‘भैरहवाको हावापानी, यहाँको आमा बुवा, ’राजनीतिक प्रतिशोधले यिनिहरूले मंगल ग्रह लगे पनि डराउँदिनँ। यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन,’ वाग्लेले लेखेका छन्। संवादका क्रममा सभापति लामिछानेले आफू बसेको कारागारको कोठाको भित्तामा लेखेर आएको बताएको झाको दाबी छ।
म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।’उनी गत चैत २२ गते थुनामा परेका हुन्। उनले सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा आफुमाथि बिगो तोकिएको धरौटी तिरेर थुनामुक्त हुन माग गर्दै रूपन्देही अदालतमा रिट दिएका थिए।त्यसमा पनि अदालतले उनलाई थुनामै पठाउन आदेश गरेको थियो।