spot_img

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने नेकपा प्रचण्ड–माधव पक्षको निर्णय

spot_img

पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्नेनेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । राजधानीको एक पार्टी प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै यसअघि स्थायी समिति बैठकले महासचिव विष्णु पौडेललाई पदबाट गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको श्रेष्ठले बताए ।यस्तै घोषित संघर्षका कार्यक्रम सफल पार्न सिंगो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ । २५ प्रतिशत केन्द्रीय सदस्यको मागबमोजित बैठक बसेको श्रेष्ठले बताए ।पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img