spot_img

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले, घुससहित पक्राउ परेका वरिष्ठ वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img

अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले एकजना वरिष्ठ वन अधिकृतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध ७ लाख ३१ हजार विगो कायम गरी विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए। उनका अनुसार वन अधिकृत यादवले कैलाली चुरे गाउँपालिका वडा नम्बर–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा वन अधिकृत यादवले सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका हुन्।

केही समयअघि यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि ७ लाख ३१ हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१)बमोजिम कैद र सजायको माग गरिएको आरोप –पत्रमा उल्लेख छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img