spot_img

केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन् ,पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा घट्ने ,वर्षमान पुन

spot_img

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने जानकारी दिएका छन्  ।  पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा घट्ने जानकारी दिए ।

सरकार हाबी हुने प्रवृत्तिका कारण संसदमा उठ्ने जनताका आवाज कमजोर भएको जानकारी दिए। संसद् सत्तापक्षको संख्याको छायाँमा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्ने जानकारी गराए।

उनले भने, ‘सत्तापक्ष बहुमतमा हुने भएका कारण सरकारका प्रस्तावहरू सजिलै संसदबाट पारित हुन्छ। प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ । यसलाई बदल्नुपर्छ ।

संसदमा कतिपय सांसदको भूमिकालाई लिएर समेत प्रश्न उठाउँदै केही सांसदले संसद्को पुरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको जानकारी दिए।

संसद्लाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img