spot_img

भारत–चीनबिच नेपाली भूमि लिपुलेक हुँदै व्यापार खोल्ने सहमतिःनेपाललाइ बाइपास

spot_img

भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्ने सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको हो। लिपुलेक पास नेपालले दाबी गर्दै आएको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र नेपालतर्फ पर्छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत आएका चिनियाँ विदेशमन्त्री यीले समकक्षी जयशंकरसँगको द्विपक्षीय वार्तापछि उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति द्विपक्षीय सहमतिका विषयहरूमा उल्लेख छ।

विदेश मन्त्रालयद्वारा जारी सहमतिमा भनिएको छ, ‘दुवै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img