spot_img

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीमा सांसदमा रास्वपा र माओवादीकाे विराेध

spot_img

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ दलहरूले गरेको प्रयासको विरोध गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउने प्रयासको विरोध गरेका हुन् ।

प्रमुख सचेतक पाण्डेले भने, ‘उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने कामको हाम्रो दलको तर्फबाट म विरोध गर्दछु ।’उनले जनजाति महिलालाई आतङ्कित पारेर सदनलाई कमजोर बनाउने काम नगर्न आग्रह गरे ।

‘सामाजिक काममा सक्रिय एउटा जनजाती महिलामाथि यसरी आतङ्कित पार्ने र उहाँको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगरियोस्,’ पाण्डेले भने ।

रास्वपाद्वारा उपसभामुख रानामाथि भएको आक्रमणको विरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।

‘बारम्बार बालुवाटारका बैठकहरूमा, बुढानीलकण्ठका बैठकहरूमा र सिंहदरबारका बैठकहरूमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको उपसभामुखमाथि जुन आक्रमण भएको छ, यसको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भत्र्सना गर्न चाहन्छ,’ प्रमुख सचेतक परियारले भने । उनले सार्वभौम संसद्का सदस्यहरूले विवेचना गर्न पनि अनुरोध गरे । मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पु¥याएको उनले बताए ।

‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img