spot_img

नेपाल पर्यटक यातायात व्यवसायी संघकाे २२ औं साधारण सभाबाट गोलेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

spot_img

नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को २२ औं साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । राजधानीमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा भिम बहादुर गोले तामाङलाई निर्विरोध चयन गरेको हो । गोले तामाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विनोद तामाङ,उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत तिमिल्सिना,सचिवमा टेक पुन मगर र कोषाध्यक्षमा तेजमान लामा निर्विरोध भएका हुन्।

त्यसैगरी, सदस्यतर्फ बाजीराम घिमिरे, हरि हुमागाई, विष्णु कार्की लगायतले उम्मेदवारी दिएका थिए । साधारण सभाले उम्मेदवारहरूमध्ये सबैलाई सर्वसम्मत निर्विरोध घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।

साधारण सभामा बोल्दै निर्वाचित अध्यक्ष गोलेले पर्यटक यातायात व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन संघले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यातायात व्यवसायीहरूले आपसी एकता र सहकार्यका साथ अघि बढ्नुपर्ने बताए । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पनि आफ्ना–आफ्ना क्षेत्रगत प्राथमिकता अनुसार संघलाई सशक्त बनाउँदै पर्यटन विकासमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षले चयन गर्ने अन्य ३ जना सदस्यहरूमा रतन परिवार लगाएतलाइ मनाेनित गरिएकाे छ।

२२ औं वार्षीक साधारण सभा भदाैं ५ गते बिहिवार प्रमुख अतिथी संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्री बद्रि प्रसाद पाण्डे,अन्य अतिथिहरू सांसद हित बहादुर तामाङ लगाएतकाे सहभागिता रहेकाे थियाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img