spot_img

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपाका नेता कँडेल पक्राउ

spot_img

भैरहवा, रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जनालाई चितवनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–५ का ५० वर्षीय हरि प्रसाद कँडेल रहेको प्रहरीले जनाएको छ। उनी कलेज कोच नेपाल प्रालिका सञ्चालक र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन्।

केही दिनअघि रुपन्देही प्रहरीले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका हजारौं नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम लगायतका सामग्रीसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो।

लिखित सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा कँडेलको संलग्नता देखिएपछि उनलाई चितवनबाट पक्राउ गरेर रुपन्देही ल्याइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। ‘अनुसन्धानको क्रममा कँडेलको मुख्य संलग्नता देखिएपछि हामीले उनलाई पक्राउ गरेर रुपन्देही ल्याएका छौँ’, उनले भने, ‘उनीसँग सोधपुछ भइरहेको साथै घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार पक्राउ परेका भारतीय नागरिक यादवको बयान कँडेलको नाम खुलेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउ परेका कँडेलको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको विषयमा अख्तियारले ०७९ साल माघ १८ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो। अदालतले ०८० साल फागुन ११ गते उनलाई ६ महिना कैद र १० हजार जरिवाना सजाएको फैसला गरेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img