spot_img

नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित

spot_img

काठमाडौं,अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको छ। अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा नेपाल एक रनले पराजित भएको हो।

जितका लागि एक सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४३ रन बनायो। अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो। अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको थियो। नेपालले भने ६ रन बनाएर दुई विकेट गुमायो।

नेपाल लागि कप्तान रोहित कुमार पौडेलले अर्धसतक बनाए। उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले २१ बलमा ४१ रनको आक्रमक पारी खेले। उनले दुई चौका र एक छक्का प्रहार गरे। आसिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाए। पाकिस्तानका मोहमद वासिम र फैजल अकरमले दुई÷दुई विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनाएको थियो।

पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए। उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन्। मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img