spot_img

ग्ल्यामर रनवे माेडल-२०२५ काे ग्राण्ड फिलाने भव्य सम्पन्नःमहिला तर्फकाे ताज कञ्चन नेपाली र पुरुषतर्फ बिभेद पौडेलले चुमे

spot_img

‘ग्ल्यामर रनवे मोडेल्स २०२५’ को ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मोडलिङ क्षेत्रमा प्रतिष्ठित मानिने यस प्रतियोगितामा महिला विजेताको ताज कञ्चन नेपालीले जित्न सफल भइन् भने फस्र्ट रनर–अप रितु तामाङ र सेकेन्ड रनर–अप मानसी केसी बने। यस्तै, अर्गनाइजर’स च्वाइसको उपाधि हिरा आचार्यले हात पारे। पुरुषतर्फ बिभेद पौडेल विजेता घोषित भए भने भ्यूअर्स च्वाइसको अवार्ड आर्य भट्टचनले जिते।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन रहेका थिए भने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा गायक अनन्द कार्की, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता प्रमोद अग्रहरी, मोडल मुस्कान ढकाल, कलाकार बिमल अधिकारी, डा. नविन शाह, बिनोद ढकाल लगायत नेपाली कला, संस्कृति र मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय थियो।

काेडा कम्पनीद्वारा आयाेजित द प्लाजा पुलचाेक ललितपुरमा सम्पन्न कार्यक्रममा विजेताहरूप्रति आयोजकहरूले हार्दिक बधाई व्यक्त गर्दै सम्पूर्ण सहभागी, प्रायोजक, सहयोगी तथा उपस्थित अतिथिहरूप्रति कम्पनीका म्यानेजिङ डाइरेक्टर अनुपम गाैतमले दिएका छन्।

शाे-मा १८ देखि २७ वर्ष उमेर समुहका युवायुवतीले सहभागी भएका थिए। ५ वर्षकाे अवधि भित्र याे शाे-ले नेपालकाे माेडलिङ र ग्ल्यामरकाे क्षेत्रमा महत्वपूर्ण याेगदान दिने र नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास लिएकाे कम्पनीका म्यानेजिङ डाइरेक्टर अनुपम गाैतमकाे भनाइ छ। उनले थपे “याे शाे-ले माेडलिङ र ग्ल्यामरकाे क्षेत्रमा नयाँ अवसरहरूकाे बाटाे देखाउनुका साथै युवापुस्तालाइ आत्मनिर्भर बन्ने बाटाेमा डाेर्याउन महत्वपूर्ण भुमिका खेल्नेछ ।”

विजेताहरूलाइ जलवायु परिवर्तन देखि सामाजिक विषयवस्तुहरूमा राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि दरिलाे उपस्थिति जनाउने समेत आयाेजककाे दावी छ।

शाे-काे मिडीया पार्टनर इमान्दार खवर रहेकाे छ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img