ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर-८,काे लुभुमा रहेकाे लुभु प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनकाे बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरेका छन्। साेमबार स्वास्थ्य केन्द्रमै भएकाे एक कार्यक्रमका विच मन्त्री थापाले रिवन काटेर भवनकाे उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमकाे सभा अध्यक्ष नगर प्रमुख हरिगाेविन्द श्रेष्ठ,प्रमुख अतिथि मन्त्री किरण थापा,प्रदेश सांसद रामेश्वर श्रेष्ठ,उप प्रमुख लक्ष्मी महर्जन,प्रमुख प्रशासकिय अधिकृत अमित ढुंगाना,स्वास्थ्य कार्यालय प्रमुख डा.भुवन पाैडेल,वडा अध्यक्ष हरु,अन्य जनप्रतिनिधि,स्वास्थ्यकर्मि,बिभिन्न संघ संस्थाका प्रतिनिधि,महिला स्वास्थ्य स्वयम सेबिका लगायत स्थानीयवासीकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकता दिएकाे भन्दै जनताकाे अावश्यकता र समस्यालाइ मध्य नजर गर्दै काम गर्न स्वास्थ्यकर्मीलाइ निर्देशन दिए। प्रदेश सरकारले अव नसर्ने राेगलाइ उच्च प्राथमिकता दिएर गाउँगाउँ,टाेलटाेल र जनताकाे दैलाेसम्म स्वास्थ्य शिविर चाँडै शुरू हुने जानकारी दिए। प्रदेशभरी ७१% मानिसले नसर्ने राेगबाट मुत्यु हुनु दुखद भएकाेले यसलाइ राेक्न सबै लाग्नु पर्ने बताए। याेग ध्यानलाइ पनि विशेष प्राथमिकता दिने उहाँकाे भनाइ थियाे।
यस्तै कार्यक्रममा बाेल्दै प्रदेश सांसद रामेश्वर श्रेष्ठले सबैले नसर्ने राेग राेकथामका लागि उच्च प्राथमिकता दिनुपर्नेमा जाेड दिए। अात्महत्याकाे अवस्था पनि भयावह रहेकाेले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिए। लुभु प्राथमिक स्वास्थ्य केन्द्र सेवा विस्तार र छिटाे सेवा दिनुपर्नेमा जाेड दिए।
यस्तै कार्यक्रममा सभा अध्यक्ष तथा नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ पहिलाे प्राथमितामा राखेर काम गरेकाे जानकारी दिनुभयाे। केहि वडामा स्वास्थ्य केन्द्रका भवनहरूकाे अभाव भएकाे भन्दै प्रदेश सरकारकाे सहयाेगकाे अपेक्षा रहेकाे बताए। नगरभित्र रहेका स्वास्थ्य केन्द्रकाे सेवा विस्तारमा विशेष ध्यान केन्द्रीत भएकाे र नगर नजिकैका ठुला अस्पलात किस्ट लगाएतमा २०% नगरवासीलाइ छुटकाे व्यवस्था रहेकाे बताउँनु भयाे।
यस्तै नगर उप प्रमुख लक्ष्मी महर्जनले नसर्ने राेगलाइ उच्च प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेकाे र हरेक वडामा ल्याव राख्नपाए सबै जनतालाइ सेवा दिन सहज हुने धारणा राख्दै प्रदेश सरकारकाे अपेक्षा रहेकाे बताउँनु भयाे।
लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ भवन र हल निर्माणले सेवा विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएकाे छ।





















