spot_img

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या तीन वर्षभित्र समाधान हुन्छ, मन्त्री अधिकारी

spot_img

सोमबार, ०९ भदौ २०८२, १५ स् ४८
भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या तीन वर्षभित्र समाधान हुन्छ, मन्त्री अधिकारी
सोमबार, ०९ भदौ २०८२

मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमिहीनको समस्या समाधान गर्ने योजना रहेको बताए।
उनले भूमि समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखेको र स्थानीय तहसँग सहकार्यको अपेक्षा व्यक्त गरे।
जनकपुरधाममा आयोजित कार्यक्रममा जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ।
जनकपुरधाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी तीन वर्षभित्र भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारको योजना रहेको बताएका छन् ।

विदेह नगरपालिका–९, इटहर्वामा नापी कार्यालय धनुषाद्वारा आयोजित गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भूमि समस्या समाधान नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
‘जनताको समस्या समाधान गर्नु तीनै तहको सरकारको दायित्व हो, यसबाट कोही पनि पन्छिन सक्दैन,’ मन्त्री अधिकारीले बताए ।उनले भूमि आयोगको कार्यमा स्थानीय तह र प्रदेश सरकारको सहयोग अपरिहार्य हुने भन्दै आवश्यक सहकार्यको अपेक्षा व्यक्त गरे । मन्त्री अधिकारीले अब गाउँब्लक सम्बन्धी समस्या समाधान गर्न कार्ययोजना बनाएर अघि बढिरहेको जानकारी दिँदै भूमिसम्बन्धी कार्यमा जनतालाई दुःख दिने कर्मचारीमाथि कारबाही हुने चेतावनी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव, प्रदेश सांसद लखन दास, विदेह नगरपालिकाका मेयर वेचन दास, उपमेयर आशादेवी झा, नेकपा एमालेका जिल्ला अध्यक्ष भोला यादव, नेपाली कांग्रेस र एमालेसहित विभिन्न दलका स्थानीय नेता–कार्यकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा नगरपालिकाका १ देखि ९ नम्बर वडाका करिब ३०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण सुरु गरिएको छ । ७७ वर्षीय ज्येष्ठ नागरिक देवनन्दन मण्डललाई लालपुर्जा हस्तान्तरण गर्दै मन्त्री अधिकारीले जग्गाधनी पुर्जा वितरण कार्यक्रम उदघाटन गरेका थिए ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img