धो मा इलाका प्रशासन कार्यालय खुलेपछि,अव नागरिकता लिन कै लागि ३ दिन हिडेर सदरमुकाम दुनै धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा,भेरी करिडाेरकाे माग कहिले हाेला पुरा ?
रूपक कुलाल,डाेल्पा
उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिका-१,धो मा इलाका प्रशासन कार्यालय खाेल्ने सरकारले निर्णय गरेकाे छ। जिल्लाकाे हिमाली भेगमा पर्ने डाेल्पाेबुद्द,छार्काताङसाेङ र शे फाेक्सुण्डाे गाउँपालिकाका नागरिकलाइ पायक पर्ने सेन्टर धाे मा इलाका प्रशासन कार्यालय खाेल्ने निर्णय स्वागत याेग्य भएकाे भन्दै स्थानीयवासी खुशी भएकाे त्यहाँका युवा ग्याल्पाे थापा भाेटेले जानकारी दिए।
उनले थपे “नागरिकता लगाएतका सिफारिस लिनकै लागि उपल्लाे डाेल्पावासी ३ दिन हिडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियाे। सरकारकाे याे निर्णयले अव याे समस्या हट्ने विश्वास गरेका छाैँ। हाम्राे निरन्तरकाे मागलाइ राज्यले ढिलै भएपनि संवाेधन गरेकाे छ,अव भेरी करिडाेरकाे पूर्णताका लागि अझै जाेडदार माग स्थानीय रहेकाे उनकाे भनाइ छ। “कुनै पनि हालतमा भेरी करिडाेरकाे काम सेनालाइ दिएर चाँडाे भन्दा चाँडाे बाटाे खाेले त्रिदेशीय मार्ग खाेल्न माग निरन्तर स्थानीयवासी गरिरहेका छन्।

मुख्यगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएतका,उपमहासचिव जनार्दन शर्मा सहितकाे टाेलि भ्रमण गरेकाे बेला जनताले जाेडदार रूपमा धो मा इलाका प्रशासन कार्यालय खाेल्ने माग उठाएका थिए।साेहि मागलाइ प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्रकाे ३ महिने जिल्ला पार्टी अभियानका क्रममा मुख्य मागहरूमा राखेर ज्ञापन पत्र बुझाइएकाे थियाे। जसकाे समाचार इमान्दार खवरले लेखेकाे थियाे।
यस्तै तत्कालिन गृहमन्त्री नारायण काजी श्रेष्ठलाइ भेटेर पनि माओवादीका जिल्ला नेताहरूले भेटेर जाेडदार माग उठाएका थिए। मागलाइ मध्यनगर गर्दै देशका अन्य स्थान र धाेमा पनि इलाका प्रशासन कार्यालय खाेल्ने प्रकृया अगाडी बढाइएकाे थियाे। सम्पूर्ण प्रकृया पुरा भएसँगै बजेट व्यवस्थापन गर्नुपर्ने थियाे साे समयमा प्रचण्ड नेतृत्वकाे सरकार ढल्याे। हालका गृहमन्त्री रमेश लेखकले बजेट व्यवस्था गर्न निकै महत्वपूर्ण काम गरेका छन्। जसमा स्थानीय जनप्रतिनिधिले पनि माग गरेका थिए।
अर्को ठुलो माग भनेको उपल्लाे डाेल्पावासीकाे भेरी करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाइ दिएर चाँडो सम्पन्न गर्नुपर्ने माग छ। यो मागलाई पनि राज्यले गम्भीर रुपमा लिएर चाँडाे भन्दा चाँडाे पुरा गर्न जरूरी छ।


















