संवैधानिक आयोगहरूमा भएको नियुक्तिको विषयलाई लिएर माघ २२ गते बिहीवार आम हड्तालको घोषणा गरेको नेकपा प्रचण्ड– माधव नेपाल समूहका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भेला भएका छन् ।संवैधानिक आयोगहरूका भएको नियुक्तिको विरोधमा आमहड्ताल लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्न नेकपाले २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
पत्रकार सम्मेलनभन्दा अगाडि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पार्टी कार्यालयमा भेला भएर छलफल गर्दैछन् ।प्रतिनिधि सभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहले यसअघिका कार्यक्रमलाई परिमार्जन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।