spot_img

शुक्लाको सभापतित्वमा राज्य व्यवस्था तथा सुशासन समिति बैठक जारी

spot_img

राज्य व्यवस्था तथा सुशासन समिति बैठक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा जारी छ ।

समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको र नयाँ सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ नलिएकाले ज्येष्ठ सदस्य शुक्लाको नेतृत्वमा बुधबार समिति बैठक बसिरहेको हो ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
२७ सदस्यीय समितिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ज्येष्ठ सदस्य हुन् । तर केसी उपस्थित नभएकाले दोस्रो ज्येष्ठ सदस्य शुक्लको नेतृत्वमा बैठक बसेको हो ।सङ्घीय संसद् सचिवालयले बुधबारका लागि समिति सभापति चयन गर्ने मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो । तर मंगलबार सभापतिमा मनोनयन दर्ता गर्दा कांग्रेस सांसद न्यौपानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइन् ।

न्यौपानेको शपथ दिउँसो ४ बजेका लागि तोकिएको छ । आजको बैठकमा खासै एजेण्डा नभएका सदस्यहरूले बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img