spot_img

एमाले नेता ऐन महर पक्राउ परेकाे केहि घण्टामै हाजिर जमानीमा छाड्ने आदेश

spot_img

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सरकारी वकिल कार्यालय काठमाडौंले हाजिर जमानीमा छाड्ने निर्णय गरेको छ। सोहीअनुसारको आदेश साइबर ब्युरोलाई गरिसकेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको बताए। उनलाई साइबर ब्युरोले बुधबार दिउँसो पक्राउ गरेको थियो। पक्राउलगत्तै उनलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको थियो। वकिल कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो।

सहन्यायाधिवक्ता काफ्लेले भने, ‘महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भयो। सोहीअनुसारको आदेश प्रहरीलाई गइसकेको छ।’ चरित्रहत्या गरेको भन्दै महरविरुद्ध रश्मिला धामीले हुलाकमार्फत ब्युरोमा उजुरी दिएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img