रूपक यात्री,सिद्धिपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ६, सिद्धिपुर स्थित घ्याम्पापाटी सति स्कुल चोक मा सिद्धिपुर – शंखदेवी सडकखण्डमा ह्युम पाईप तथा बाटो कालोपत्रे कार्य शुरू भएकाे छ। बिहिबार नगर प्रमुख हरिगोविन्द श्रेष्ठले बाटाेकाे शिलान्यस गर्दै निर्माण कार्य तुरून्त शुरू गरी समयमै सम्पन्न गर्न निर्देशन दिनुभयाे। लामाे समय देखि सडक विग्रेकाे ढलकाे समस्या याे काम सम्पन्न भएसँगै समस्या समाधान हुने बताउँनु भयाे।
कार्यक्रममा वडाका वडा अध्यक्ष धर्म महर्जन निकै पहल पश्चाल बजेट व्यवस्था गरेर काम शुरू भएकाे जानकारी दिंदै अव खाल्डाे र पानी जम्ने समस्या हट्नाे दावी गर्नुभयाे। उक्त बाटाेमा निर्माण कार्य हुने समयसम्म बैकल्पिक बाटाेकाे पनि व्यवस्था गरिएकाे उहाँकाे भनाइ थियाे।
निर्माणकाे काम १ कराेड ६३ लाख हाराहारीमा इजी मनाेहरा टि.एम जेभिले पाएकाे छ। २०८३ जेष्ठसम्म काम सम्पन्न गर्नेगरी सम्झाैता भएकाे छ।
कार्यक्रममा वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य शोभा महर्जन,वडा सदस्य सुरेन्द्र महर्जन,वडा सदस्य सुशान महर्जन,वडा सदस्य लक्ष्मी तिखत्री र स्थानीय टोल सुधार समितिका पदाधिकारीहरू देखि स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।



















