spot_img

बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाकोको मृत्यु

spot_img

काठमाडौं,काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ।शुक्रबार बिहान २ः५० बजे जडिबुटीस्थत आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडिपट्टिको भागमा स्कुटर ठोक्किएको थियो।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडिको भागमा ठक्कर खाँदा स्कुटर चालक र पछाडी सवार व्यक्ति दुवै घाइते भएका थिए।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार घाइते दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो।

दुवैको उपचारका क्रममा मृत्यु भएको हो।

स्कुटर चालक नवलपरासीको सुनौल–१ स्थायी घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेललाई बिहान साढे ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए।स्कुटरको पछाडि सवा काभ्रेपलाञ्चोक पाँचखाल–२ होस्के घर भएका वर्ष २३ को नितेश नेपाललाई बिहान ३ः४७ बजे डाक्टरले मृत घोषणा गरेका थिए।

बस चालक दोलखाको भिमेश्वर नगरपालिका–७ घर भइ हाल काडाँघारी बस्ने वर्ष २५ को सुभाष तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाइएको एसपी बोहराले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img