अदालतको अपहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित उपस्थित हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।समीर हायूको रिटमा बुधवार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
हायूले प्रचण्डविरुद्ध आइतवार सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।प्रतिनिधि सभा विघटन बदर नगरे जनताले सडकबाट फैसला गर्छन् भन्ने आशयको प्रचण्डको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै रिट दायर गरिएको यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानाका नाममा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरू र पूर्व सभामुखविरुद्ध छुट्टाछुट्टै रिट दायर भएका छन् ।उस्तै प्रकृतिका रिटमा सबैलाई लिखित जवाफ सहित उपस्थित हुन आदेश गरिएको छ ।