spot_img

प्रधानमन्त्री ओलीकाे चीन विवादमाःजापान विरूद्ध चिनियाँ जनताको ’प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव परेडमा सहभागी हुनाले जापानसँगकाे राम्राे सम्वन्ध विग्रने चिन्ता

spot_img

प्रधानमन्त्री केपी ओली आइतबारदेखि हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन चीन जाँदैछन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ’प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले गर्ने सैन्य परेडमा ओली सहभागी हुन लागेका हुन्।

यसको पुष्टि परराष्ट्र मन्त्रालयको विज्ञप्ति र प्रधानमन्त्री ओलीले नै गरिसकेका छन्।नेपालसँग राम्रो सम्बन्ध भएको जापानको विरोधमा चीनले आयोजना गर्ने परेडमा भाग लिन लागेको भनेर अहिले कतिपयले प्रधानमन्त्री ओलीको विरोध गरेका छन्।

जापान र चीन युद्दकाे इतिहास यस्ताे छ

साम्राज्यवादी जापानले दोस्रो विश्व युद्धका बेला चीन मात्रै होइन, त्यति बेलाको एकीकृत कोरिया पनि कब्जा गरेको थियो। सो युद्धमा जापान हिटलरको जर्मनी र मुसोलिनीको इटाली लगायतको खेमाबाट लडेको थियो। अमेरिका, तत्कालीन सोभियत संघ, बेलायत लगायत देश अर्को खेमामा थिए। फ्रान्स लगायत कतिपय युरोपेली देशलाई नाजी जर्मनीले कब्जा गरिसकेको थियो।

यस्तोमा चीन पनि आफूभन्दा धेरै बलियो जापानसँग लडेको थियो। जापानले चीन कब्जा गर्नुअघि सत्तामा रहेका राष्ट्रवादी नेता चियाङ काई सेकको सेनाले ठूलो नोक्सानी सहेर पनि जापानसँग लडेको थियो। माओ त्से तुङको जनमुक्ति सेनाले पनि जापानसँग केही लडाइँ लडेको थियो। तर पनि जापानको प्रतिरोध मुख्यतया राष्ट्रवादीहरूले गरेका थिए।

अमेरिकाले सन् १९४५ अगस्टमा आणविक बम हानेर हिरोसिमा र नागासाकी ध्वस्त पारेपछि मात्रै जापानले आत्मसमर्पण गरेको थियो। जापानले बिना सर्त आत्मसमर्पण गरेपछि जापानी सेना चीन र कोरिया छाडेर स्वदेश फर्किएका थिए।

त्यसपछिका वर्षमा चीन र कोरियामाथि आक्रमण गरेको र त्यहाँका जनतामाथि अत्याचार गरेकामा जापानका प्रधानमन्त्रीले पछुतो मान्दै पटक पटक माफी मागिसकेका छन्। विशेष गरी त्यति बेला जापानी सैनिकको यौन–सुविधाका लागि कोरियाली र चिनियाँ महिलालाई राखेकामा जापानले धेरै पटक माफी मागिसकेको छ।केही कट्टरपन्थी अपवादबाहेक बहुसंख्यक जापानी जनताले पनि इतिहासमा चीन र कोरियामाथि अन्याय–अत्याचार गरेको स्वीकार गर्छन्।

जापानसँग सम्वन्ध विग्रने चिन्ता

चीनको त्यस्तो दुखद इतिहास र चिनियाँ जनताको बलिदानको सम्झनामा गर्न लागिएको परेड कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन्। जापानको नेपालसँग लामो समयदेखि घनिष्ठ सम्बन्ध छ। र, नेपाललाई सबभन्दा धेरै आर्थिक सहायता गर्ने देशहरूमा जापान पर्छ। अझ नेपालको आन्तरिक मामिलामा केही हस्तक्षेप नगरी झन्डै निःस्वार्थ भावले सहयोग गर्ने भएकाले जापानप्रति नेपालीहरू आभारी हुनुपर्छ।

यस्तोमा प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी नहुँदा जापानलाई राम्रो लाग्थ्यो होला। ओली सो कार्यक्रममा सहभागी हुँदा जापान रिसाउने र नेपालसँगको दौत्य सम्बन्ध बिग्रिने चिन्ता बढेकाे छ। आफ्नो देशको नाम जोडिएकाले जापानलाई सो कार्यक्रमबारे असहज लाग्नु स्वाभाविक हो। विगतमा बारम्बार त्यसबारे माफी मागिसकेकाले जापानीलाई जहिल्यै त्यही कुरा उचालिनु उचित नलाग्न पनि सक्छ।

सो कार्यक्रममा भाग लिने विदेशी पाहुना ओली मात्र होइनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका तानाशाह किम जोङ उन, इरानका राष्ट्रपति लगायत पनि सहभागी हुने भएका छन्। यसैले नेपालले अन्तराष्ट्रियसम्वन्धमा धेरै परिवर्तन हुने देखिन्छ।

जापान सरकारले युरोप र एसियाका केही देशलाई चीनको सो कार्यक्रममा सहभागी नहुन आग्रह गरेको भनेर जापानी मिडियाहरूमा समाचार आएका छन्। अप्रत्यक्ष जापानकाे अाग्रहलाइ लत्याउँदा नेपाललाइ दिर्घकालिन असर पर्ने देखिन्छ।

चीन र जापानबीच अहिले पनि राम्रो सम्बन्ध छैन। त्यसैले पनि ओली सो कार्यक्रममा सहभागी हुँदा जापान रिसाउला कि भन्ने चिन्ताका विच विवाद बढेकाे हो।

भारत र चीनले भर्खरै नेपाली भू–भाग लिपुलेक भएर पुनः व्यापार नाका सञ्चालन गर्ने समझदारी गरेका छन्। यस्तो परिस्थितिमा अहिले चीनको निम्तो स्वीकार गरेपछि प्रधानमन्त्री ओलीले लिपुलेकबारे आफ्ना कुरा राख्ने अवसर मिल्न सक्छ। याे मुद्दा उठ्छ उठ्दैन त्याे भने हेर्न बाँकी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img