डोल्पा, डोल्पामा खोला किनारमा एक बेवारिसे शव फेला परेको छ ।काइके गाउँपालिका ५ सिमओडार स्थित खोला किनारमा पहिचाहन नखुलेको अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।
शवको प्रकृति हेर्दा भिरबाट लडेको हुनसक्ने अनुमान गरिएकाले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको डिएसपी खड्काले बताए ।
खोला किनारमा घोप्टो अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय छार्काबाट प्रहरी सहायक निरीक्षक विष्णु चौधरीको नेतृत्वमा आठ जना प्रहरीको टोली घटनास्थलमा पुगेर शव उठाएको प्रहरीले जनाएको छ ।