गोरखा,गोरखामा रात्रि बस दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको रात्री बस भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटना हुँदा २१ जना घाइते भएको गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो। घाइतेमध्ये ३÷४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन्।
बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको बसमा सवार यात्रुले जनाएका छन्।