काठमाडौं,सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बुधवारअख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गरिएको विरोधन विरोधमा नेपाल कम्युनिष्ट पार्टि प्रचण्ड–माधव समूहले आज आमहडताल आह्वान गरेको छ ।त्यसका लागि उक्त समुहले बुधवार साँझ नै शहरका विभन्नि भागमा राँके जुलुस निकालेको छ भने आजको आह हडताललाई प्रभावकारी बनाउन व्यापक जनशक्ति परिचालन गरेको जनाएको छ ।
उता, गृह मन्त्रालले भने एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नोउद्योग(धन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो ।विज्ञप्तिमा भनिएको छ–‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’