spot_img

देशका यी स्थानमा मध्यम वर्षा हुने

spot_img

काठमाडौंं,हाल देशभर मनसुनी वायुको प्रभाव छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ।शनिबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ।

काठमाडौंको चन्द्रागिरिमा पछिल्लो तीन घन्टामा १२ मिलिमिटर वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा ८.६ मिलिमिटर, नुवाकोटको ककनीमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ।शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ।राति देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार शनिबार दिउँसो र राति नै भारी वर्षाको सम्भावना छैन।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img