spot_img

नेकपा प्रचण्ड–नेपाल पक्षकाे आमहड्ताल अपडेटःकाठमाडौंबाट अनेरास्वयुका नेता सहित २५ जना पक्राउ, प्रहरी धरपकट जारी

spot_img

काठमाडौं, नेकपा प्रचण्ड–नेपाल समूहबाट आज आमहड्ताल आव्हान गरेको छ । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो । आमहड्ताल आव्हान गरिएसँगै विहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ । प्रहरीले काठमाडाैँबाट अनेरास्ववियू केन्द्रीय सदस रविन जङ वस्नेत,विष्णु भट्टराई, तुलसि न्यौपाने,सिसम सुवेदी, दिपा जैसि प्रदिप भण्डारी लगायत वागवजार वाट पक्राउ गरेकाे छ ।

गोंगबूमा एउटा ट्याक्सीमा बन्दकर्ताहरुले आगो लगादिएका छन् । आगलागीबाट पूर्ण रुपमा जलेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ । प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु २५ जना पक्राउ परेका छन् ।

तरकारी बोक्ने, दुध बोक्ने गाडीहरु चलेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्कन खोजेका छन् । तर, बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ ।आमहड्तालका बेलामा पनि परीक्षाका लागि हिडेका विद्यार्थीहरुलाई भने सहजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img